Harsamaya
हर समय
हर समय
जाँदाजादै अमेरिकी राष्ट्रपति बाइडेले दिए दुई हजार ५०० जनालाई क्षमादान
जाँदाजादै अमेरिकी राष्ट्रपति बाइडेले दिए दुई हजार ५०० जनालाई क्षमादान राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।’
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । 
प्रहरी प्रवक्ताको जिम्मेवारी दिनेशकुमार आचार्यलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी दिनेशकुमार आचार्यलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् ।  त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रचण्डले मागे ओलीको राजीनामा
प्रचण्डले मागे ओलीको राजीनामा ‘जुन उदेश्यले यो गठबन्धन बनाएको हो भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संशोधन २०७९ मा गर्ने भनेर प्रधानमन्त्रीले भने पछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘तसर्थ यो सरकारले  नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ भन्ने लाग्छ, यसको अर्थ हामी सरकारमा...
‘नेकपा एसले मन्त्री बनाएको भोलिपल्टै ४-५ करोड माग्छ’
‘नेकपा एसले मन्त्री बनाएको भोलिपल्टै ४-५ करोड माग्छ’ कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गरेका थिए ।  प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उनको गुनासो रहेको छ । 
विपक्षी ७ दल सरकार विरुद्ध आक्रामक, भने- ‘यो सरकारले भ्रष्टाचारलाई बढवा दियो’
विपक्षी ७ दल सरकार विरुद्ध आक्रामक, भने- ‘यो सरकारले भ्रष्टाचारलाई बढवा दियो’ काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ विपक्षी दलले केपी ओली सरकारले भ्रष्टाचारलाई बढवा दिएको र अन्तरराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप लगाएका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निकालियो 
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निकालियो  आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुवेदीलाई निष्कासन गरिएका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन्।
जनतालाई सेवा दिन र विकासको गति दिन अध्यादेश ल्याएको - प्रधानमन्त्री
जनतालाई सेवा दिन र विकासको गति दिन अध्यादेश ल्याएको - प्रधानमन्त्री उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानुनी लगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको धारणा राखे । उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएरहेको जानकारी दिए । 
न सडक, न बत्ती: नार्पाभूमिका बस्ती अझै अध्यारोमा
न सडक, न बत्ती: नार्पाभूमिका बस्ती अझै अध्यारोमा गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै  हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ ।
आधुनिक प्रविधिले हराउँदै हुलाक सेवा
आधुनिक प्रविधिले हराउँदै हुलाक सेवा कुनै समय एक मात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।
Weather Update