Harsamaya

विराटनगर - नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ ।

नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् ।

करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ। हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ।

कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन्। ‘यो फूल हामी आफैँले बिरुवा उमारेर रोपेको राम्रो प्रजातिको फूल समेत हो तिहार नजिकिएसँगै अत्यधिक मात्रमा माग भइरहेको छ ।’ सञ्चालक मध्येका एक विजय ओझाले हर समयसंगको कुराकानीका क्रममा भनेका छन् ।

पाँच जना युवहरुद्धारा ८ बिघा क्षेत्रफलको जमिनमा केरा खेती समेत लगाएका छन् । ‘युवाहरू स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि हामी कृषि क्षेत्रमा लागेका हौं ।’ अर्का सञ्चालक मिलन लुइँटेल भन्छन् ।

लुइँटेलले कृषिका क्षेत्रमा अन्य प्रस्तावहरूमा समेत काम गरिरहेको जानकारी दिए । ‘अहिले तिहारको भएकाले हाम्रो फूल तयार भइसकेको छ । उनले भने केही भए पनि भारतीय बजारको फूल रोकौँ र स्वदेशलाई प्रोत्साहन गरौँ भन्ने हाम्रो उद्धेस्य हो ।’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update