Harsamaya
असोज ३० : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । अरु के के भए ? मुख्य समाचारहरू ।

सरकारले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

छलफलका क्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले शान्ति सुरक्षालाई ध्यानमा राखेर भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र तरिकाले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी टोनर ट्रस्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकि डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । 

उनले भने, ‘असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी टोनर ट्रस्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।’

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह 

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरे ।

नियमित महाधिवेशनमै समझदारी गर्न कार्यबाहक सभापति खड्काको जोड

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् ।

पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मङ्सिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए।

काँग्रेसलाई ताजापन दिन मंसिरभित्रै नियमित महाधिवेशन : डा. शेखर कोइराला

नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काँग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने दोहोर्याएका छन्। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी बनाउन ०८२ मंसिरभित्रै १५‌‍औं महाधिवेशन गर्ने कुरा दोहोर्याएका हुन् । उनले महामन्त्रीले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने विश्वास व्यक्त गरेका छन्। ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी” बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ’, शेखरले भने, ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु ।’

पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको उद्धार अधिकारीहरूले बिहीबार बताएका छन् 

बुधबार राति मालाकान्द जिल्लामा  मोड पार गर्दा ट्रक पल्टिएपछि दुर्घटना भएको प्रान्तको उद्धारका प्रवक्ता बिलाल फैजीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।  

मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update