
बर्दिया - बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ। भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहिबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलीएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए ।
युवक कसरी सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ । पोष्टमार्टम पश्चात् युवकको शव आफन्तको जिम्मा लगाइने छ । युवकको परिवारका सदस्यहरू बिहिबार नै बहराइच पुगेका छन् ।