के गर्दैछन् संसदीय समितिहरू ?
बिहीबार, माघ १०, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउने भएपछि संसदीय समितिहरू पनि विधेयक पास गराउनैपर्ने बाध्यतामा पुगेका छन् । संसद् अन्तर्गत रहेका समिति सभापतिहरूले आफूसँग भएका केही विधेयकहरू अधिवेशन सुरू हुने बित्तिकै तथा केही विधेयकहरू अधिवेशनको बीच सम्ममा संसद लैजाने गरी तयारीमा रहेको बताएका छन् ।
जिपको ढोकाबाट खसेर दुई जना घाइते
बिहीबार, माघ १०, २०८१
डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्।
बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ।
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो
बिहीबार, माघ १०, २०८१
लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ।
सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो ।
आजको राशिफल : सफलता, प्रेम र अवसरका नयाँ संकेतहरू !
बिहीबार, माघ १०, २०८१
आजको ग्रह-नक्षत्रको चालले तपाईँको जीवनमा के प्रभाव पार्दैछ? मेहनत, सफलता, र प्रेमका विशेष संकेतसहित प्रस्तुत छ दैनिक राशिफल !
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
बिहीबार, माघ १०, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन...
दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण
बुधबार, माघ ९, २०८१
मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।
बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल
बुधबार, माघ ९, २०८१
गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।
रास्वपाद्वारा नेपाली खो-खो टोलीलाई सम्मान
बुधबार, माघ ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो-खो टोलीलाई सम्मान गरेको छ।
भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो।
ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि
बुधबार, माघ ९, २०८१
ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ।
सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो।
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
बुधबार, माघ ९, २०८१
भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।
अफ्रिकी सुन खनिकको व्यथा
बुधबार, माघ ९, २०८१
सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका ६ हजारमध्ये एउटामात्र हो । उन्नाइसौं शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफन्टेन सुन खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ ।
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
बुधबार, माघ ९, २०८१
स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।
राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् ।
चार जनाको शव फेला
बुधबार, माघ ९, २०८१
देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।
साताको लोकप्रिय

-1737533833.png)