Harsamaya
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रामेछाप - सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा  मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका– ९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे  तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेका प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update