गायिका नीतु पौडेलको मृत्यु
काठमाडौं - गायिका नीतु पौडेलको मृत्यु भएको छ । शरीरमा आफैँले पेट्रोल खन्याएर आगो लगाएकी गायिका पौडेलको शुक्रबार उपचारको क्रममा कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
पौडेलले गत शनिबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । संगीतकार तथा गायक बाबुल गिरीको अनामनगरमा रहेको कार्यालयमा गएर उनले आत्मदाह प्रयास गरेकी थिइन् । प्रहरीले अनामनगरबाट उद्दार गरि उनलाई किर्तिपुरको बर्न अस्पताल पुर्याएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

