तिहारको एक सातामा ६९ वटा दुर्घटना
चितवन - नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् ।
मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

