Harsamaya
हर समय
हर समय
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
रोल्वालिङ हिमपहिरो: पाँच जनाको उद्धार, सात अझै बेपत्ता
रोल्वालिङ हिमपहिरो: पाँच जनाको उद्धार, सात अझै बेपत्ता हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । 
संस्थापन समूहको प्रस्ताव:  वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन 
संस्थापन समूहको प्रस्ताव:  वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन  पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 
निकोलस भुसाल गोरखाबाट पक्राउ
निकोलस भुसाल गोरखाबाट पक्राउ उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए । 
२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म 
२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म  फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ । 
महामन्त्री थापाको प्रस्ताव: पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन 
महामन्त्री थापाको प्रस्ताव: पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन  पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । 
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरिएको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विज्ञापन बोर्डका लागि आ.व. २०८२/८३ मा आठ अस्थायी दरबन्दी स्वीकृति दिइएको छ ।
तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु
तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’ साथै, उनले नेपालमा इलेक्ट्रिकल सवारी साधनहरु बढ्दै गएको भन्दै यसको लागि चार्जिङ् स्टेशनहरु देशभर जडान गर्न सक्ने हो भने यसले इलेक्ट्रिकल सवारी साधनहरुलाई अझ प्रोत्साहन हुने बताए । 
राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड
राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड राणाले देशको हित र स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यकता आज झनै बढेको भन्दै सबै देशवासी, पार्टी र समूहलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गरेका छन् ।
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।
Weather Update