संस्थापन समूहको प्रस्ताव:  वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाली कांग्रेसको संस्थापन पक्षले वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
यसअघि बैठकमा महामन्त्री गगन थापाले भने पुषमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
कांग्रेसमा संस्थापन र अर्को समूहले पार्टीको १५औं महाधिवेशन नियमित गर्ने तर, फरक फरक मिति प्रस्ताव गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:२२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
