Harsamaya
२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म 
निर्वाचन आयोग ।

काठमाडौं - निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । 

आयोगले आज विज्ञप्ति जारी गर्दै मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको छ । 

आयोग प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालिका लागि माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यस्तै फागुन ३ देखि १८ सम्म प्रचारप्रसार समय, फागुन १९ बाट मौन अवधि लागू हुनेछ । 

फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ । 

समानुपातिक निर्वाचनका लागि भने मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते दलहरूले बन्द शुचि पेश गर्ने कार्यतालिका रहेको छ ।
5e8d31d5-2a46-4c80-95a1-5985c9d74340-1762248100.jpeg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update