Harsamaya
स्वार्थको राजनीतिमा सहभागी भए, अब कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागी भई गल्ती गरेको भन्दै कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । 

मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।  

उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शासन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमी छ, हामीले पनि गल्ती गरेका छौं, हामी पनि त्यसमा सहभागी छौं, कुनै न कुनै रुपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ । र ति आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पुरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’ 
 
उनले शहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्न र घाइते योद्धाहरुका अपेक्षाहरु पुरा गर्न तयार रहेको समेत बताए ।  ‘हामी एउटा ऐतिहासिक मोडमा छौं । एउटा जोखिम, एउटा चुनौती, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छौं । हामी शहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्ने उहाँहरुका परिवारजनका आशा र विश्वासहरु घाइते योद्धाहरुका अपेक्षाहरु उनीहरुमा आकांक्षासहित तमाम् प्रश्नहरुको जिवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग त्यो जिम्मा लिन तयार छौँ,’ उनले भने । 

उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए । 

‘हामी भिन्न रुपमा राजनीति फोर्षलाई विक्षिप्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ । एउटा जवाफ मैले दिनुपर्ने छ, धेरै कुराहरु उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत वामपन्थी एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update