कात्तिक ९ : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक ९, २०८२
नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
आइतबार, कात्तिक ९, २०८२
प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो।
अमेरिकासँग नेपाल १०६ रनले पराजित
आइतबार, कात्तिक ९, २०८२
त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
नेपाल प्रहरीमा ५ जना डीआईजी बढुवा सिफारिस
आइतबार, कात्तिक ९, २०८२
जसमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पचौँ नम्बरमा अविनारायण काफ्ले रहेका छन् ।
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु
आइतबार, कात्तिक ९, २०८२
दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
आइतबार, कात्तिक ९, २०८२
यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको ईशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
अर्ग्यानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना
आइतबार, कात्तिक ९, २०८२
अर्ग्यानिक बस्तु सङ्कलन तथा बिक्रीबाट तिमिल्सेनाले सफल उद्यमी व्यवसायको परिचय दिएका हुन् । उनको बिक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न तथा दलहन बाली सङ्कलन तथा बिक्री गर्ने गरिएको छ ।
रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने
आइतबार, कात्तिक ९, २०८२
निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ’, उनले भने ।
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम
आइतबार, कात्तिक ९, २०८२
साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् ।
मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय
आइतबार, कात्तिक ९, २०८२
उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’
चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
आइतबार, कात्तिक ९, २०८२
यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११:५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड
आइतबार, कात्तिक ९, २०८२
देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।
विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
आइतबार, कात्तिक ९, २०८२
खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
साताको लोकप्रिय

