यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली मात्र भएको बताएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’
साथै उनले एमाले महाधिवेशनमा जति उपस्थिति थियो त्यति नै काफी रहेको बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ २०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

