Harsamaya
एमालेको ११औं महाधिवेशन: निर्वाचन कार्यक्रम प्रकाशित, मनोनयन सोमबार बिहान
नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र ।

काठमाडौं - नेकपा एमालेको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ । आइतबार निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचन कार्यक्रम प्रकाशित गरेका हुन् । 

कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन मंसिर २९ गते सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुने र मतदान पर्सि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ ।

मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए । ​

karytalika-1765719702.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update