Harsamaya
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडाैं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्दै आएका २८ वर्षीय सुनित प्रभाग रेग्मी र साेही महानगरकाे वडा नम्बर १३ बस्ने वर्ष २८ वर्षकै आशिष बाबु कुमाल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूराेका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार रेग्मीले  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौंमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरूपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गरेका थिए ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update