यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।
आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेन्डा तय गरेको उनले जानकारी दिए ।

काँग्रेसले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू गर्ने
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरूको सम्मानमा फुटबल लगाएत बिभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको...

नेप्सेमा झिनो अंकले वृद्धि
बिहीबार, पुस १८, २०८१
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ । साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ । १ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुँदा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको...

एमाले सचिवालय बैठकमा ओलीको प्रतिवेदन पारित
बिहीबार, पुस १८, २०८१
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकबाट पारित भएको हो ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ...

रूस निर्वासनमा रहेका सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास
बिहीबार, पुस १८, २०८१
सिरियाबाट ज्यान जोगाएर परिवारसहित रूस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।
बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् ।
सिरियामा ‘कु’ भएयता असद आफ्नो परिवारसँग रूसको राजधानी मस्कोमा छन्...

सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि
बिहीबार, पुस १८, २०८१
चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।
विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने...

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
बिहीबार, पुस १८, २०८१
जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।
कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ...

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
बिहीबार, पुस १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् ।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका हुन् । उनले भने, “विगतमा बर्खा सुरु...

रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् ।

संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने कोशी सरकारको निर्णय
बिहीबार, पुस १८, २०८१
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार विराटनगरस्थित मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले कृषि कर्जामा...

सूर्यदर्शन सहकारी ठगी मुद्दा: पहिलो दिनको जाहेरीवालाको बहस सकियो
बिहीबार, पुस १८, २०८१
सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ ।
हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले भोलि पनि जारी रहनेछ ।
आज जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम,...

ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
बिहीबार, पुस १८, २०८१
मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक...

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
बिहीबार, पुस १८, २०८१
पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।
‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा...
साताको लोकप्रिय