१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु
सोमबार, फागुन ४, २०८२
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो ।
विश्वकपमा आज तीन खेल हुँदै
सोमबार, फागुन ४, २०८२
आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा आज पहिलो खेलमा समूह ‘डी’ बाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा सोमबार (आज) साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।
मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा
सोमबार, फागुन ४, २०८२
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।
नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : प्रचण्ड
सोमबार, फागुन ४, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, फागुन ४, २०८२
रिज लाइन इनर्जी लिमिटेड ले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।
घरजग्गा कारोबारबाट पाँच अर्ब राजस्व संकलन
सोमबार, फागुन ४, २०८२
देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, फागुन ४, २०८२
त्यसै गरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी...
रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ
सोमबार, फागुन ४, २०८२
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु, युद्ध विराम उल्लङ्घन गरेको आरोप
सोमबार, फागुन ४, २०८२
इजरायली सेनाले हमासले युद्धविराम उल्लंघन गरेपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एक अर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्।
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एक हजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
सोमबार, फागुन ४, २०८२
पार्टीको घोषणा पत्र अनुसार गरिब तथा विपन्न परिवारलाई प्राथमिक शेयर खरिदका लागि सहुलियत ऋण उपलब्ध गराइनेछ । साथै आयोजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था समेत गरिने उल्लेख गरिएको छ ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
सोमबार, फागुन ४, २०८२
निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
सोमबार, फागुन ४, २०८२
तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, फागुन ४, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
साताको लोकप्रिय

