काठमाडौं - नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य यथावत छ।
नयाँ मूल्य अनुसार पहिलो वर्ग (विराटनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, धनगढी आदि) मा पेट्रोलको मूल्य लिटरमा १५४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेल लिटरमा १३९ रुपैयाँ ५० पैसा हुने भएको छ । यस्तै दोस्रो वर्ग (सुर्खेत, दाङ) मा पेट्रोल लिटरमा १५६ रुपैयाँ र डिजेल/मट्टीतेल लिटरमा १४१ रुपैयाँ हुने भएको छ ।
यस्तै, तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरको १४२ रुपैयाँ पर्ने भएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारबाट नभई भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्रशोधित पेट्रोलियम पदार्थ किनेको आधारमा मूल्य तय गरेको हो।

