रसुवा बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंमा उपचार हुँदै
बुधबार, भदौ १०, २०८३
त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
बुधबार, भदौ १०, २०८३
त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।
रसुवाको बाढीपछि बलेफीका सातसहित धेरै जना सम्पर्कविहीन
बुधबार, भदौ १०, २०८३
बाढीपहिरोपछि सन्तोष तामाङ, दिपेश पराजुली, सरोज पराजुली, भुवन कोइराला, सुरेन्द्र नेपाल, राजन तामाङ र राजु श्रेष्ठ हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।
रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह
बुधबार, भदौ १०, २०८३
अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडानहरू रोकेर उद्धारमै केन्द्रित गरिएको उनले जानकारी दिए ।
रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी नागरिक
बुधबार, भदौ १०, २०८३
उनीहरूमध्ये कसैबारे जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवारजन वा उद्धारमा खटिएका निकायलाई जानकारी गराइदिनुहुन विनम्र अनुरोध छ। नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायीको समन्वयमा प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्।
बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागिसंकटग्रस्त क्षेत्र घोषणा गरिने
बुधबार, भदौ १०, २०८३
उनका अनुसार विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो
बुधबार, भदौ १०, २०८३
यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो ।
हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी
बुधबार, भदौ १०, २०८३
नका अनुसार रसुवाको टिमुरे क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र त्यहाँ कार्यरत सशस्त्र प्रहरी तथा त्रिशूली ‘ए’ र ‘बी’ आयोजनाका कामदारसमेत सम्पर्कमा नरहेको जानकारी आएको छ ।
बाढीले टिमुरे–बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित
बुधबार, भदौ १०, २०८३
नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही शाखामा ठूलो भौतिक क्षति पुगेको र केही संरचना बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
बुधबार, भदौ १०, २०८३
त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ । विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम तीव्र बनाइएको जनाएको छ ।
भोटेकोशी बाढीपछि तत्काल उद्धार र राहतमा जुट्न सांसद आचार्यको आग्रह
बुधबार, भदौ १०, २०८३
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले बाढीले तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको बताए । उनले प्रारम्भिक विवरणअनुसार ठूलो मानवीय क्षति भएको जानकारी आएको उल्लेख गरे ।
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा
बुधबार, भदौ १०, २०८३
यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।
भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह
बुधबार, भदौ १०, २०८३
नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ।
साताको लोकप्रिय
