Harsamaya
तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - मनसुन बाहिरिएको ठानेर ढुक्क भएका राजधानीवासीलाई आज अचानक भएको वर्षाले झस्काएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी भने नपर्ने जनाएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म निरन्तर वर्षा हुने अवस्था छैन ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ ।

यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update