Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६९७ जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४९, सिसिटिभिमार्फत ३६, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ९९, हर्न निषेधमा ०८, लेन क्रसमा २३, अव‍स्था ठिक नभएको १५, एकतर्फीमा १४ र अन्यमा ४४३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update