कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने
काठमाडौं - कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको हो ।
आज उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

