विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
शुक्रबार, पुस २६, २०८१
दाङको तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र विभिन्न मूर्ति बनाउन सुरु गरे । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरेका हुन् । अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन् ।

म्याग्दीका सडक योजनामा बजेट अभाव
शुक्रबार, पुस २६, २०८१
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।

लक्ष्मीनारायण सङ्ग्रहालय: पुरानो धर्मशालामा ऐतिहासिक धरोहरको संरक्षण
शुक्रबार, पुस २६, २०८१
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो । गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा...

लघुवित्त खाता खोल्न माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
शुक्रबार, पुस २६, २०८१
नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने...

आज दिनभरको मौसम
शुक्रबार, पुस २६, २०८१
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आजको राशिफल
शुक्रबार, पुस २६, २०८१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनत अनुसार फलको प्राप्ति हुनेछ। धेरै दिनदेखि अड्किएका कार्यहरू सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ५ रहेको छ।

अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ
शुक्रबार, पुस २६, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ ।...

‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’
बिहीबार, पुस २५, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्।

दुर्गा प्रसाईं र हरिचन्द्र फुयाल धरौटीमा रिहा
बिहीबार, पुस २५, २०८१
झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
बिहीबार, पुस २५, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।
लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका...

लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा
बिहीबार, पुस २५, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।

ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
बिहीबार, पुस २५, २०८१
ट्रम्पले मङ्गलबार एक पत्रकार सम्मेलनमा आर्कटिक टापुको नियन्त्रण लिन सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेन । उनले यसअघि डेनमार्कले आफ्नो स्वायत्त क्षेत्र हस्तान्तरण गर्न अस्वीकार गरे उच्च भन्सार महसुल लगाउने चेतावनी दिएका थिए ।

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’
बिहीबार, पुस २५, २०८१
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको...
साताको लोकप्रिय