Harsamaya
बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला
सांकेतिक तस्वीर : हर समय/Har Samaya

उदयपुर - सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ बजे नदीमा बेपत्ता भएका थिए । 

स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । 

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको  छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update