Harsamaya
हर समय
हर समय
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए ।
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव   
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव    हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ...
वडाध्यक्षको तरकारीखेती मोह
वडाध्यक्षको तरकारीखेती मोह शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले...
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त यतिवेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । 
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
'विपिन जोशीको सकुशल रिहाइको पर्खाइ: १५ महिनापछि पनि परिवारमा निराशा'
'विपिन जोशीको सकुशल रिहाइको पर्खाइ: १५ महिनापछि पनि परिवारमा निराशा' सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा...
आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर (आरोपपत्रसहित)
आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर (आरोपपत्रसहित) अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ दाङको तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र  विभिन्न मूर्ति बनाउन सुरु गरे । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरेका हुन् । अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै...
म्याग्दीका सडक योजनामा बजेट अभाव
म्याग्दीका सडक योजनामा बजेट अभाव गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।
Weather Update