Harsamaya
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।

आजदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update