कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत हुने संकेत
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने लगभग निश्चित भएको छ।
दलको नेता टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले आङ्देम्बेको नाममा सहमति जुटाउँदा पार्टीभित्र एकताको सन्देश जाने निष्कर्ष निकालेको बताइएको छ।
कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने विषयमा सहमति भइसकेको छ। आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।
यता अर्जुननरसिंह केसीले पनि सर्वसम्मत भए आफू नेतृत्व लिन इच्छुक रहेको बताएका थिए। केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित तथा पूर्वसहमहामन्त्री हुन्।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

