गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा सरकारको डोजर
काठमाडौं - सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।
गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।
शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

