Harsamaya
हर समय
हर समय
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो मुख्यमन्त्री बहादुर सिं लामाले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सपथ ग्रहण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । 
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै 
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै  बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।
एनपीएल दोस्रो संस्करणबारे छलफल गर्न क्यानको बैठक बस्दै
एनपीएल दोस्रो संस्करणबारे छलफल गर्न क्यानको बैठक बस्दै एनपीएलको पहिलो संस्करण गत मंसिर–पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १५० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
साउन १५: आहा ! कन्याम
साउन १५: आहा ! कन्याम
पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री
पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
पाँचवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ ।
आज साउन १५ : खीर खाएर मनाइँदै
आज साउन १५ : खीर खाएर मनाइँदै साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेश प्रदेश लगायत बाँकी तराई भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update