Harsamaya
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - म्याग्दीमा सुनका गरगहना सफा गरिदिने बहानामा ठगी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने क्रममा रसायन प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार उनीहरूलाई दरबाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update