Harsamaya
कहाँ कहाँ पर्दैछ पानी ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेश, कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

राति कोशी र बागमतीका पहाडी तथा तराई भूभाग र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update