बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
गुल्मी - गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डे बाँदर धपाउने क्रममा स्थानीय निउरेनी जंगलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले तत्काल उद्धार गरी पाण्डेलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्याएको थियो।
उपचारका क्रममा आज साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

