Harsamaya
 युवतीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

झापा - झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्नेछ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update