भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
सोमबार, वैशाख १५, २०८२
महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको छ । तर, उक्त कार्य पात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्राचारमा भनिएको छ ।
कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा
सोमबार, वैशाख १५, २०८२
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात नहाल्न सुझाव दिए । उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन, समिति सदस्य गाेकुल बास्काेटालेनै राखे फरक मत
सोमबार, वैशाख १५, २०८२
उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । २०८१ असार १४ गते सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा
सोमबार, वैशाख १५, २०८२
कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो
सोमबार, वैशाख १५, २०८२
सोमबार बिहान राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्। उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइन्।
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
सोमबार, वैशाख १५, २०८२
सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सम्झौताहरू कार्यान्वयनको लागि महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ ।
शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
सोमबार, वैशाख १५, २०८२
शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।
घट्यो हाटबजारको रौनक, क्रेता र विक्रेता आउनै छाडे
सोमबार, वैशाख १५, २०८२
कुनैबेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ ।
क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत
सोमबार, वैशाख १५, २०८२
आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ ।
भ्रष्टाचारका काण्डहरूले देश अस्तव्यस्त अवस्थामा गइसक्यो : सांसद सिंह (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको आन्दोलन र कर्मचारीहरूको पनि तयारी हुन गइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्म लोडको कथा बजारमा छर्लङ्ग आइराखेको छ ।’
शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भइरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भइरहेको छ । उपसमितिमा भइरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ ।’
सरकार थप जिम्मेवार र संवेदनशील बन्न जरुरी छ : सांसद बडू (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद रहेको बताए ।
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरूको आन्दोलनले गर्दा बच्चाहरूको पढ्न पाउने अधिकार गुमी रहेको भन्दै शिक्षकहरूलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
साताको लोकप्रिय

