तोलामा ६ सयले घट्यो सुन

काठमाडौं - मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी महासंघकाअनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ। यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढ़ेर २ हजार १६५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार मंगलबार १० ग्राम चाँदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्