Harsamaya
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेप्से परिसूचक आज २५.०७ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत बढेर २६७८.१७ विन्दुमा बन्द भएको छ ।

आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

आज फाइनान्स समूहको परिसूचक सर्वाधिक बढेको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने ६.१४ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update