Harsamaya
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित

हेटौँडा - सुरक्षाको नारा लगाउँदै स्थापन गरिएको पुष्पाञ्जली आमा समूहले आफैँले अवैध धन्दा सञ्चालन गरिरहेको खुलासा भएपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।

स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’  एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।

पुष्पाञ्जली आमा समूहले सुरक्षाको लागि रातको गस्ती गर्ने, विद्यालय वरपर निगरानी गर्ने जस्ता कार्यको प्रचार गरे पनि पछिल्लो समयमा भने त्यो कामभन्दा विपरीत क्रियाकलापमा संलग्न भएको जनगुनासो छ ।

स्थानीय प्रशासनले भने यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । वडाध्यक्ष सुकराम केसीले भने, ‘हामीले केही उजुरीहरू प्राप्त गरेका छौँ, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ ।’ समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूले यस्ता समूहहरूलाई नियमित अनुगमन र पारदर्शिता कायम गर्ने नीति ल्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update