Harsamaya
हेटौँडामा भोलीबाट सुरु हुने भनिएको सडक विस्तार तत्काल रोक्न   सर्वोच्चको आदेश
हेटौँडामा भोलीबाट सुरु हुने भनिएको सडक विस्तार तत्काल रोक्न सर्वोच्चको आदेश सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशमा रिटमा विपक्षी बनाइएको सडक डिभिजन कार्यालय हेटौँडा मकवानपुर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका नाममा अन्तरिम आदेश दिइएको हो ।
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने भोलिदेखि हेटौंडाको रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म, साथै बुद्ध चोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।
२५–२५ मिटर सडक विस्तार विवादले हेटौँडा–८ र ९ का स्थानीय त्रसित
२५–२५ मिटर सडक विस्तार विवादले हेटौँडा–८ र ९ का स्थानीय त्रसित स्थानीयवासीहरूको भनाइअनुसार दशकौँदेखि राजस्व तिरेर वैधानिक रूपमा बसोबास गर्दै आएका घरधनीहरूलाई अचानक ‘अतिक्रमणकारी’ को रूपमा चित्रण गर्दै क्षतिपूर्तिविना घर–जग्गा हटाउन चेतावनी दिइनु अन्यायपूर्ण प्रयास हो। उनीहरूले यो प्रक्रिया सडक ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ विपरीत भइरहेको दाबी गरेका छन् ।
बागमतीको धुलो दूध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन
बागमतीको धुलो दूध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए ।
मकवानपुरको सिआन पुनर्स्थापना केन्द्र र लाइफ केयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनर्स्थापना केन्द्र र लाइफ केयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनर्स्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
हेटौँडामा सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु, सडक अस्तव्यस्त — ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे
हेटौँडामा सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु, सडक अस्तव्यस्त — ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे साँझको समयमा नदी किनार र मुख्य सहरका सडकहरूमा तीर्थयात्रीहरूको भीड बढेपछि ट्राफिक अवरुद्धजस्तो अवस्था देखिएको छ । विशेष गरी राप्ती पुलदेखि बसपार्क, त्रिभुवन राजपथ र हुप्राचौर क्षेत्रमा सवारी सञ्चालनमा कठिनाइ परेको स्थानीयहरूले बताएका छन् ।
लयमा फर्कियो श्रम मन्त्रालय, भवन जले पनि सेवा नरोक्ने उद्घोष
लयमा फर्कियो श्रम मन्त्रालय, भवन जले पनि सेवा नरोक्ने उद्घोष सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा श्रम, तथा यातायात सूचना मन्त्री थापाले सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र स्मार्ट समाधानका माध्यमबाट प्रदेश सरकारले नयाँ ढङ्गमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा आवश्यक उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने परीक्षणमा प्रयोग हुने रसायन किट ल्याउने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
हेटौँडामा दसैँ बजार : गत वर्षभन्दा व्यापार घट्यो
हेटौँडामा दसैँ बजार : गत वर्षभन्दा व्यापार घट्यो व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
हेटौँडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध
हेटौँडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।
साउनको दोस्रो सोमबार : हेटौँडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
साउनको दोस्रो सोमबार : हेटौँडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो धार्मिक विश्वासअनुसार, साउनको सोमबार व्रत गरेमा मनोकाङ्क्षा पूर्ण हुने र अटल सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यसै विश्वासका आधारमा आज बिहानदेखि नै व्रतालु महिला, पुरुष र युवाहरूको उल्लेख्य उपस्थिति मन्दिर परिसरमा देखिएको थियो। 
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’  एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
Weather Update