Harsamaya
हेटौँडा जाँदै गरेको सुमो भीमफेदीको जुरीखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर - हेटौँडा काठमाडौं वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा  टाटा सुमो दुर्घटना भएको छ ।आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update