Harsamaya
बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु,एक घाइते
सांकेतिक तस्वीर ।

रौतहट - रौतहटको मध्यभाग गरुडा कटहरिया सडकखण्डमा गएराति रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । साथै पछाडि बसेका अर्का एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा कटहरिया नगरपालिका–१ भसेडवा बस्ने पनिलाल साहको छोरा वर्ष २० को संजय साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।  

मोटरसाइकलमा पछाडी बसेका सोही ठाउँका एकलाल ठाकुरको छोरा वर्ष २१ को राजन ठाकुर घाइते भएको डिएसपी कार्कीले जानकारी दिएका छन्।

ईट्टा लोड रहेको ना ६ त ८१०६ नम्बरको ट्यक्टर दुद्यीयाभार चौक छेउ मूलबाटो कालोपत्रेमै बिग्रिएर रोकी राखिएको थियो । गरुडाबाट घरतर्फ गइरहेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराती १० बजे एक्कासि ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै घाइते दुवैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले सञ्जय साहलाई मृत घोषणा गरेका थिए । अर्का घाइतेको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेका मोटरसाइकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय गरुडको नियन्त्रणमा रहेको छ । ट्याक्टर कसको हो र चालक को हुन त्यसको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update