नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
सोमबार, भदौ २३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
जेनजीको प्रदर्शनमा आठ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जेनजीहरूको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । प्रदर्शनका क्रममा धेरै जना घाइते भएका छन् ।
सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक
सोमबार, भदौ २३, २०८२
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस’ लेखिएको छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर विद्यार्थी घाइते
सोमबार, भदौ २३, २०८२
प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाेफिचर)
सोमबार, भदौ २३, २०८२
प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।
सिंहदरबार, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन परिसरमा समेत कर्फ्यू
सोमबार, भदौ २३, २०८२
प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि उक्त क्षेत्रमा कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ । यस अघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२:३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ ।
प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते, शसस्त्र प्रहरीका जवान पनि घाइते
सोमबार, भदौ २३, २०८२
प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् ।
जेनजी नेपालले भन्यो : आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनुहोस्
सोमबार, भदौ २३, २०८२
यसअघि सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवन भित्र प्रवेश गरेका थिए । त्यसक्रममा जेनजी पुस्ता र प्रहरीबीच झडप भएको थियो। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो।
प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते प्रदर्शनकारीको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए । अस्पतालमा ७०–८० जना घाइते उपचाररत छन् ।
‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित
सोमबार, भदौ २३, २०८२
समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरिन् ।
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
सोमबार, भदौ २३, २०८२
यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।
वीरगन्जमा जेनजीको प्रदर्शन, परिवर्तन ल्याएरै छाड्ने दाबी
सोमबार, भदौ २३, २०८२
आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
साताको लोकप्रिय

