Harsamaya
जेनजीको प्रदर्शनमा आठ जनाको मृत्यु
जेनजी प्रदर्शन ।

काठमाडौं -  जेनजी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । 

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा तीन जना प्रदर्शनकारीको दुखद निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उता, ट्रमा सेन्टरमा उपचाररत थप ५  आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update