जेनजीहरूको प्रदर्शनका क्रममा ६ जनाको मृत्यु

काठमाडौं - जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा दुई र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । मृतकहरूको पहिचान खुलेको छैन ।
जेनजीहरूले संसद भवनमा प्रवेश गरेपछि उनीहरूलाई रोक्न प्रहरीले गोली चलाएको थियो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि आन्दोलन रोकिएको छैन ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । प्रदर्शनका क्रममा धेरै जना घाइते भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय