Harsamaya
हर समय
हर समय
सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने
सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने उनले सामूहिक आवास विकासको लागि जग्गा प्राप्ति र वित्तीय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने बताए ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित) अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको हो। 
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने आगामी आर्थिक वर्षको बजेटमा यसकालागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । उनले भने,दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ ।
आगामी वर्षमा संविधान संशोधन गरिने
आगामी वर्षमा संविधान संशोधन गरिने आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । 
विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा
विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उनले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत गर्दै विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
तल्लो सेती आयोजना सरकारले बनाउने
तल्लो सेती आयोजना सरकारले बनाउने उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने
एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको थियो ।
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’ यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठुला सहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।
सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट
सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट यसै गरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा धेरै छुट्टाएको छ ।
४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्री वितरणमा रोक लगाइने
४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्री वितरणमा रोक लगाइने उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वातावरणीय प्रदूषण न्यूनीकरणका लागि रोक लगाउने घोषणा गरेका हुन् ।
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड 
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिका लागि ४० करोड  त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।
Weather Update