‘जेनजी’ले लगाए मानव अधिकार आयोगको गाडीमा आगजानी

काठमाडौं - जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ ।
गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय