Harsamaya
१४ जना प्रदर्शनकारीको मृत्यु, नेकपा एसको कार्यालय तोडफोड
कीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड ।

काठमाडौं - जेनजी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १४ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढी घाइते छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update