Harsamaya
आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकलले निःशुल्क उपचार 
जेनजीको प्रदर्शनका क्रममा भएको घाइते ।

काठमाडौं -  जेनजी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौं मेडिकल कलेजले सुरु गरेको छ । 

नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।

अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update