Harsamaya
इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी, स्थिति तनावग्रस्त
इटहरीमा जेनजीको प्रदर्शन ।

इटहरी - देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए ।

इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update