सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक

काठमाडौं - सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कर्फ्यू आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह १:१५ बजे बस्ने गरी सारिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस’ लेखिएको छ ।
जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू जारी गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय